अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआरएनए अन्तर्राष्ट्रियको सदस्य पदमा उम्मेदवारी दिने नेपालीको घोषणा

एनआरएनए अन्तर्राष्ट्रियको सदस्य पदमा उम्मेदवारी दिने नेपालीको घोषणा


काठमाडौं– नेपालको पोखराका हाल अष्ट्रेलियामा रहनुभएका समाजसेवी चिनबहादुर नेपाली गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय समवन्य समिति (आसीसी) सदस्य पदको उम्मेदवार हुनुभएको छ ।

आगामी शनिबार हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा जन्म थलो कास्की पोखरा भै हाल अष्ट्रेलियाको ब्रिसवेन (कुइन्सल्याण्ड) कर्मथलो बनाउनुभएका नेपाली सहितका उम्मेदवारहरू मैदानमा हुनुहुन्छ।

अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समवन्य समितिमा आठ जनाको प्रतिनिधित्व हुने गरेको छ । नेपाली नेपाल रहँदा नेपाली मजदुरको साझा संगठन जिफन्डमार्फत विभिन्न सामाजिक कार्यहरूमा सक्रिय हुनुहुन्थ्यो । उहाँ खास गरी मजदुरमाथि मालिक वर्गबाट हुने अन्यायका विरुद्ध लड्ने मात्र हैन जनजिविकाका सवालमा राज्यबाट हुने अन्यायका विरुद्ध पनि आवाज उठाउनु भएको थियो ।

कर्मथलो अष्ट्रेलिया बनाएपछि पनि नेपाली समुदायको हक हितमा रहँदै आउनुभएको छ । यसै क्रममा व्रिसवेनमा रहेका विभिन्न सामाजिक संघ संस्थामार्फत समाजमा क्रियासिल रहदै आउनुभएको छ । उहाँले विगतमा एनआरएनएमा रहँदा पनि समाजका लागि महत्वपूर्ण योगदान गर्नुभएको नेपाली सामाजिक अभियन्ताहरूको भनाइ रहेको छ ।

नेपालीले विगतमा खास गरि ब्रिसवेनमा आफू केन्द्रित भएकोमा अब अष्ट्रेलिया मात्र नभएर अन्तर्राष्ट्रिय समितिमार्फत विश्वमा नै रहेका नेपालीको सुखदुःखको साथी बन्ने बताउनुभयो ।