अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा खनाल ईकान्तिपुर सम्पादक नियुक्त

दुर्गा खनाल ईकान्तिपुर सम्पादक नियुक्त


काठमाडौं– कान्तिपुर दैनिकको अनलाइन संस्करण ईकान्तिपुर डट कमको सम्पादकमा दुर्गा खनालले जिम्मेवारी पाउनुभएको छ ।

कान्तिपुर दैनिकमा डेढ दशकभन्दा लामो समयदेखि कार्यरत खनालले बिहीबारदेखि अनलाइन सम्पादकको जिम्मेवारी पाउनुभएको हो । उहाँले यसअघि कान्तिपुर दैनिकको राजनीतिक ब्यूरोको नेतृत्व गर्नुभएको थियो ।

त्रिभूवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर खनालले संसद् र राजनीतिक बिट रिर्पोटिङ गर्नुभएको छ ।