अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआरएनले आफ्नै खर्चमा अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने

एनआरएनले आफ्नै खर्चमा अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने


काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) ले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने भएको छ । आज बसेको एनआरएन सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे आफू गम्भीर रहेको र आफ्नै तरिकाले प्लेन पठाएर जतिसक्क्दो चाँडो उद्धार गर्ने तयारीमा रहेको एनआरएनका वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो ।

उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग समेत समन्वय गरिने भएको छ ।