अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश : सांसद शाही र वलीलाई पदमुक्त गर्न एमालेद्वारा सभामुखलाई पत्र

लुम्बिनी प्रदेश : सांसद शाही र वलीलाई पदमुक्त गर्न एमालेद्वारा सभामुखलाई पत्र


बुटवल– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।

सूर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शाही र तत्कालीन नेकपाबाट निर्वाचित दाङकी विमला वलीले पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न एमालेले प्रदेशसभामा पत्र बुझाएको हो । शाही चार दलीय गठवन्धनको सरकारमा विना विभागी मन्त्री बन्नुभएको छ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पार्टीको सर्वसम्मत निर्णयलाई सभामुखले कार्यान्वयन गर्ने विश्वास पार्टीले लिएको बताए । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एमालेको पत्रबारे विस्तृक अध्ययन र कानुनी परामर्श गरेर मात्र निर्णय लिइने र यसका लागि समय लाग्ने बताउनुभयो ।