अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, बेलायती रक्षामन्त्री डोचर्डीले तोडाउनुभयो अनसन

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, बेलायती रक्षामन्त्री डोचर्डीले तोडाउनुभयो अनसन


यूके-भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ ।

समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बस्नुभएको थियो । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगे दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिबद्धता जनाउनुभएको छ । उहाँको लिखित पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ ।

वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ । त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको छ । गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राई भन्नुहुन्छ, ‘हामीले राखेको मागलाई दुबै सरकारले स्वीकार गरेको छ । रक्षामन्त्री वार्तामा बस्न तयार हुनुभयो । उहाँहरुले कहिल्यै यो रह्यो, यो रह्यो नहोस्, सबै समाधान गर्छौं भन्नु भएको छ ।’

अनसन तोडिँदा भूपू गोर्खाहरु निकै भावुक भएका थिए । उनीहरुले दुबै सरकारलाई धन्यवाद दिएका छन् र आफ्ना सन्तानले यस्तो पीडा भोग्नु नपरोस् भनेका छन् ।