अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो प्रेम पत्र

मेरो प्रेम पत्र


स्नेही जिन्दगी
प्रेमिल अभिवादन !

मेरो प्रारूप ! तिम्रो उपस्थिति बिनाको यो साँझको स्तब्ध समय । यतिखेर म अनवरत आकाशसँग अन्तरक्रिया गरिरहेकी छु । रात पर्दै जाँदा गगनमा अनगिन्ती तारा चम्किन थाल्छन् । तिमी लुकेर मलाई खोज्दै आउँदा जसरी आकाश नियालिरहेको देख्थ्यौ नि, ठिक त्यस्तै । लुकीछिपी गरिएको प्रेममा कति धेरै आनन्द ! कहिले म चाल मारेर तिमीलाई भेट्न आउने । कहिले तिमी चाल मारेर मलाई । चोरीचोरी प्रेम गर्नुको रमाइलो सम्झिएर एक्लै हाँस्छु । तिमीलाई वरिपरि खोज्छु अनि एक्लै बरबराउन अभ्यस्त भइसकेकी छु । तिम्रो भौतिक शरीर नभए पनि मेरो अन्तस्करणमा गडेको तिम्रो आकृति सदैव सजीव चलमलाइरहन्छ । जसलाई म आफूभन्दा ज्यादा प्रेम गर्छु, ए आराध्यदेव !

मेरो इतिवृत्तान्त ! तिम्रो अमूर्त स्वरूपको परिकल्पनामा म विलिन भएँ । आँखाले भ्याएसम्म ताराहरू गन्ने प्रयास गरेँ । तिमीले मलाई जूनसँग तुलना गरेको झलझली देखेर पुलकित भएँ र माथितिरै हेर्दै निकैबेरसम्म कुरा गरिरहेँ । हेर्दाहेर्दै जून बिलायो । एकछिन देखिन्छ कि भनेर कुरेँ, नदेखिएपछि यो पत्र लेख्न थालेँ । आहा ! तिमीलाई सोच्दै लेख्नुको आनन्द । मानौं, तिमी चुपचाप मेरो कुरा सुनिरहेका छौ, म त्यसैगरी अक्षर र भावनामा आफूलाई घोलेर बोलिरहेकी छु । तिमी मेरो निकटतम भएर घुम्दै कानमा फुसफुसाइरहेझैं लाग्छ । आहा ! प्रेमको मधुरीमा नै यही हो सायद देह टाढा भए पनि आत्माले भलाकुसारी गर्दै स्नेहको साटफेर गरिरहनु । असल साथीमाथि कुशल प्रभुत्व जमाइरहनु । प्रेमका अनेकन कोणको प्रादुर्भाव गरिरहनु ।

मेरो प्रेम परागसेचन ! तिमी मेरो फूलदानी हौ । म जतनसाथ तिमीलाई फुलाउँछु । अनि ओइलाउन नदिन प्रेम खन्याइरहन्छु । मानौं तिमी दियो र म बाती ! बाल्नका लागि प्रेमकै तेल हालिरहनुपर्छ । म श्रद्धा र पुण्यको जोहो गरेर तिम्रै नाममा लाखबत्ती जलाउँछु । अनि तिमी स्नेहको पानसमा अनवरत बलिरहन्छौ र मेरो परिसरलाई झलमलाकार बनाइरहन्छौ ।

ए प्राणप्रतिष्ठा ! मैले तिम्रो प्रणय याचनामा आफ्नो जिन्दगीलाई बलिदान दिएकी छु । हरेक दिनपछि आउने यो साँझ र गाढिँदै जाने अँध्यारो । जति रात बढ्दै जान्छ, त्यति तिमी उज्यालिन्छौ । रुमानी सोचले सम्मोहनको पराकाष्ठा पार गर्छ । श्वासप्रश्वासको उठबस, ढुकढुकीको धकधक, तिम्रो सानिध्यको कल्पना, मेरो अनन्य निनाद । यो चौबीस घन्टाको समय तिमीलाई याद गर्नका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता लाग्ने दिनहरू यसैगरी बित्दैबित्दै गइरहन्छन् । आँखा बन्द गरेपछि भित्री दृष्टि खुल्छन् । मेरो अन्र्तचक्षु जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु । मनमा जमेको प्रगाढ मायालुपनले मलाई प्रभावित बनाउँछ । प्रेम दुखेपछि अश्रुबुँद छचल्किन्छ अनि लछ्रप्पै भिज्छ मन । मानौं मेरो हृदय क्यानभास हो त्यसभित्र तिम्रो जीवन्त आकृति सजिएको छ । जसलाई नियाल्दानियाल्दै यथार्थको धरातलबाट चिप्लिन्छु । म पुनश्चः हाम्रो जूनतारा वार्ता सम्झिन्छु ।

मेरो सम्बोधन ! एक दिन त्यो तारा नियालिरहेका बेला तिमीले मलाई सोधेका थियौ, ‘हामी यो अनन्तमा एक क्षणमा बिलाएर जाने तारा किन हेरिरहेका छौं मेरी किन्नरी ?’

‘किनभने हामी प्रेममा छौं । तिमी मेरो मार्गचिह्न हौ । प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हेर्‍यौ ।

हामी लामो समयसम्म मौन भएर ती तारामा हरायौं । तिमी गम्भीरतापूर्वक मेरो लामो र नरम कपाल सम्याउँदै बोल्यौ, ‘यी आकाशका जूनतारा हाम्रो प्रेमका जन्ती हुन् । हाम्रो विश्वसनीयताको साक्षी । यी ताराको रमझम, यी सिताराको चमचम तिम्रै नाममा औंठाछाप गरिदिन्छु । तिमीले मलाई ढकमक्क बनायौ । आफू पनि धपक्क बल्यौ । ए मृगनयनी ! तिमीलाई हेर्न पाउँदा यी आँखा कहिल्यै थाक्दैनन् ।’ त्यो प्रेमाकुल परिस्थितिमा मैले पनि तिम्रो फाहाझैं केशरासी सुमसुम्याए । प्रेमको गुणस्तर वृद्धि गर्ने तत्वमध्ये सुन्दर कपाल पनि मुख्य बुँदामा पर्दो रहेछ । हामी अत्यधिक सद्भाव सहन नसकेर आहत भएथ्यौं । भावुकताको सर्वेसर्वा थियो र अलौकिकताको रगरगी ! तिम्रो बाहुपाशमा म अनि म भित्र तिमी । त्यो हाम्रो नैसर्गिक मिलनको चमत्कारिक मोडमा मस्तिष्क डुल्दा बहकिन थाल्छु ।

‘किनभने हामी प्रेममा छौं । तिमी मेरो मार्गचिह्न हौ । प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हेर्‍यौ ।

तिम्रो वाक्यले म झुम्मिएँ– प्रेमका जन्ती ! कति मिठो शब्द संयोजन ! म सोच्दै छु, हामी फूलको रथ चढेर आकाशगङ्गामा यात्रा गरिरहेका छौं । जूनले ताराहरूको नेतृत्व गरिरहेका छन् । अनि हाम्रो वरिपरि पिलपिल गर्दै लावालस्कर लागेका छन् । यही हो प्रेममा पर्नुको नमुना र निष्कपटता । कल्पनाको स्वैरकाल्पनिक उडान । त्यतिबेलासम्म हाम्रा औंला मृगतृष्णाधारी भएका थिए । अविच्छिन्न रूपमा तिम्रा र मेरा मुलायम कपालका रेसारेसामा डुलिरहेथे । तिमीतिर हेर्दा नजरभरि प्रेमको व्याकरण देखिन्थ्यो । मलाई कण्ठ पार्न मन लाग्थ्यो । मैले बल्ल बुझेथेँ कि प्रेमको भाषा आँखाले बोल्दो रहेछ लेख्दो रहेछ । आँखाले आँखालाई गुरु बनाएर पढ्न सकिने ।

ए जुझारु ! जब तिमीले मेरो अतिरञ्जित संवेदनशीलता बुझ्यौ तब आफ्ना सुन्दर दन्तलहर आधा खोलेर मुस्कुरायौ । अहिले यो पत्रमा पनि तिमी त्यसैगरी मुस्कुराएको अनुभव गरेँ । तिम्रो मुस्कान घागडान स्वर्णपदक बन्यो मेरो लागि । कति दामी ! धागोमा पोते सारेझैं आफ्नै ओठमा अन्माइदिऊँ जस्तो । तिम्रो उपस्थितिमा बिताएका अमूल्य मिलनको पल कति यादगार है । मेरो हृदयको स्वप्निल पानामा कैद छ स्मृति । लेखोटमा जस्तै नमेटिनेगरी भेला भएका छन् दृश्यहरू ।

ए मेरो परिपूरक ! तिमी त्यो सौन्दर्य हौ, जसलाई क्यामेराले पनि उतार्न सक्दैन । त्यो उन्माद हौ, जसलाई कदापि दबाउन सकिन्न । भावोच्छलनलाई अक्षरहरूमा पोख्न त खोज्छु तर असफल बन्छु । प्रेमविभोर भएर छताछुल्ल पोखिएको छ आत्माभित्रको उहापोह । समेटेर प्रेमाकार प्रदान गर्नका लागि तिम्रो प्रतीक्षामा छु म । टाढा हुँदा पो थाहा हुन्छ, एकतर्फी प्रेमले मर्माहत हुनुको पीडा । साथमा सम्झनामा हराउनुको घाइते शान्ति । छिनोको चोट पाएको ढुङ्गा नै मूर्तिमा परिणत हुन्छ र पुजनीय बन्छ । ए कालिगड ! मलाई तिमीले प्रदान गरेको आघातसँग जुध्न मन लागेको छ । तिमीसँगै प्रेमको रणभूमिमा युद्ध गर्ने महत्वाकाङ्क्षा छ । मेरो प्रेमयोद्धा !

स्मृतिले चारतिरबाट घेरा हालेपछि फुत्किनको लागि मेरो कुनै उपाय चल्दैन् । हाम्रो मिलनको कुराकानीमा म फेरि आप्लावित हुन्छु ‘तिमी अतिशय भावुक नबन मेरी अर्धाङ्गिनी, बरु हाम्रो यो मौकालाई सदुपयोग गरौ र सान्दर्भिक बनाऊ ।’ तिमी बारम्बार भन्थ्यौ ।

‘प्रेमले मलाई कल्पनाको गहिराइमा डुबाइदियो । जीवनमा परिवर्तनको रङ्गिन गलैंचा बिछ्याइदियो । आऊ तिमी र म सँगसँगै बुट्टा भरौं । मैले जिन्दगीमा शिलबन्दी गरे तिमीलाई । मैले संवेगानुभूतिमा हदबन्दी गरे तिमीलाई ।’ त्यतिबेला तिमीलाई छन्दात्मक वाणीमा विनम्र आह्वान गरेँ । अनुरागको महासागरमा भावुकताको जहाज चढेर हामी रागैरागको दुनियाँमा सवार भएका थियौं ।

मेरो हातमा आफ्नो हात थमाउँदै हामी दुई एक भएको बेला तिमीले भन्यौ, ‘मेरी अर्धाङ्गिनी ! सायद मायाको चरमोत्कर्ष यही हो । यहाँभन्दा पर पुग्यौं भने हामी यो खुसीयालीको अधिकश्राव सहन सक्दैनौं ।’

मेरो न्याय निरूपण ! हेर त तिम्रो समीपवर्ती यो प्रेमपत्र ! भूमिगत भएर यसकै सजावटमा तल्लीन छु । पूर्ण हेरचाह गर्दै हुर्काइरहेछु । गड्याङगुडुङ आवाजले छायाँ हल्लिएझैं तिमीले छोएपछि मनमा हलचल हुने क्रम बढेको छ । तिम्रो यादले अश्रुवर्षा हुँदा हृदयको किनारा भिज्छ । कल्पना र यथार्थको धरातल डगमगाउँछ । विपना र सपनाले चाकाचुली खेल्छन् । अनि म तिमीमा समाविष्ट हु“दै तरङ्गित भइरहन्छु । मेरो मानसिकता प्रेमको हर्ष विस्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछ । यी कम्पित मुटुलाई ठेगान लगाउन मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको ताप चाहिएको छ । आत्मभित्तामा झुन्डिएको तिम्रो विलक्षण तस्बिर हेर्दाहेर्दै समय चिप्लिन्छ तर धीत कदापि मर्दैन । तिमीसँग जेलिएको मेरो माखेसाङ्लोको गाँठो अब फुक्ने छाँटकाँट छैन । नफुकोस् पनि बरु हामीलाई बेरेर कतै उम्किन नदियोस् ।

मेरो हातमा आफ्नो हात थमाउँदै हामी दुई एक भएको बेला तिमीले भन्यौ, ‘मेरी अर्धाङ्गिनी ! सायद मायाको चरमोत्कर्ष यही हो । यहाँभन्दा पर पुग्यौं भने हामी यो खुसीयालीको अधिकश्राव सहन सक्दैनौं ।’

ए न्यानो मान्छे ! हामी मिलेर भावनाको उर्वर खेती गर्ने किसान बनौं । सबैलाई रोमाञ्चित बनाउने फल फलाऔं । प्रेममा भोकाएकाहरूलाई तृप्त बनाउने खुराक तयार गरौं । आऊ किसान, एक्लै सम्भव छैन यो खेती । दुई मिलेर खनजोत गरौं । प्रकृति र पुरुषले खट्दामात्र सफल हुने रहेछ प्रेमको फसल । दुईतर्फी झुकावले उर्वरतामा निखारता थप्दो रहेछ ।

मेरो वरदान ! तिमी कहिले बुझ्छौ, प्रेम शाश्वत छ, महान् छ भन्ने कुरा ? यत्रो दुरीले त पक्कै यसको शक्ति बुझ्यौ होला । प्रेममा एक–अर्काको अनुपस्थितिले स्मृतिलाई अझ प्रगाढ बनाउँछ र माया आफ्नो लक्ष्यमा पुग्छ । मेरो अनुरागमय पागलपनको बारेमा तिमीलाई जानकारी दिन चाहन्छु । विश्वभरिका राता गुलाफमा माया जडेर तिमीलाई विराजमान गराउन सिंहासन तयार गरेकी छु । फूलको राजा गुलाफ भएझैंं तिमी मेरो जिन्दगीको राजा हौ । तिमी मेरो हृदयमा बास बस्दा यति सुगन्धित होस्, यति मुलायम होस्, जसको खबर वरपरका कसैलाई नहोस् । किनकि प्रेम गोप्यतामै सुहाउँछ । यो प्रेमको दरबार र गुलाफपत्रहरूको सिंहासन ! सुस्तरी बस है । प्रेमझै नाजुक छ यो, भत्किन सक्छ । सिसाझै झर्‍यामझुरुम हुन सक्छ । मुटुझैं छियाछिया हुन सक्छ ।

मेरो महामहिम ! तिमी जीवनकै सर्वश्रेष्ठ अनुभव हौ । दिउँसो, राति, भोक, तिर्खा, निद्रा मलाई छुट्याउन गाह्रो परेको छ । केवल तिम्रो ख्याल छ । शब्दको अर्थ कसरी खुल्छ भन्ने कुरा म बल्ल बुझ्दै छु । तिमी भन्नुको अर्थ त म रहेछु । तिमी भन्नुको अर्थ तीर्थ रहेछ । मेरो शिरको अर्थ तिम्रै सामु झुक्नका लागि रहेछ । म यो धरतीमा आउनुको कारण तिमी रहेछौ । साँच्ची, कति विरानो हुँदो हो यो जगत्, तिमीसँग भेट नभएको भए । बरु प्रेम नै नहुनुभन्दा प्रेम गरेर गुमाउनु जाती हुँदो रहेछ । त्यो मान्छे कति अभागी जो प्रेमसँग भेट नभईकन मर्छ । यो हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण अध्याय हो । प्रेम नगरेको मान्छे मान्छे नै कहलिदो रहेनछ । कुनै जङ्गलमा अलपत्र परेको बा“सको मूल्यहीन टुक्रा थिएँ म तिमी आउनुअघि । तर तिमीले टिपेर प्वाल पार्‍यौ । यसलाई मुरली बनायौ । अनि म धुनमा आरेखित भए । त्यहा“ प्रेमले आफ्नो कथा सापट दियो । सबैतिर फिँजिएर प्रसिद्धि पायो ।

मेरो स्याहास्रेस्ता ! तिमी प्रेमको दूत, मेरो मृगतृष्णा, मेरो तन, मन र वचन । तिम्रो स्पर्शको नरमपनको प्रभाव अझ पनि बाँकी छ । रुवाभन्दा पनि न्यानो र कोमल लाग्छ सुदूर अतीत । तर पनि त्यो स्पर्शले अझैं रमरम तातो अनुभव दिइरहेको छ । यो कति प्रेमिल छ, महसुुुस गर त । त्यही तातो र सुकोमल स्मृतिले जिन्दगीको जाडो छलिरहेछु । स्वप्निल र स्वर्णिम अतीतका स्मरणलाई मनको पुस्तकालयमा छिरेर अध्ययन गरिरहेकी छु । हाम्रो दिल एकाकार हुँदा आनन्दको नदी कुलकुलाएको थियो । अनि हामी बहेका थियौं निरन्तर… निरन्तर…! कति धारिलो प्रवाह थियो त्यो । सोच्दासोच्दै तिम्रो मनमग्न अनुकम्पाले आलापझंै झनझनाहटको सृष्टि गर्दछ । तिमीसँगसँगै सारङ्गी रेटेको झल्को आलो छ अझै । यस्तै कलकल पिरतीको चलखेलमा सधैंसधैं झरनाझैं छङछङ गर्दै बहिरहन पाए हुन्थ्यो । मूर्त वा अमूर्त रूपमा तिम्रै छेउछाउ रहिरहन पाए हुन्थ्यो । के देख्दै छौ तिमी पूर्वस्मृतिको श्ययामा म लडिबुडी खेलिरहेको ?

मेरो प्रेमको संस्मरण ! तिमी यो जिन्दगीभरिको यादको गुञ्जन हौ । मेरो रङ्गमञ्च ! प्रेममा आधारित नाटकको मञ्चन हौ । अमोल रक्तचन्दन हौ । मन मञ्जन हौ । आजकाल नियास्रो शब्दले मलाई सताइरहन्छ । मेरो जीवनभन्दा पनि लोभलाग्दो मानिसँग टाढिएर बाँच्नुपर्दा कति सकसको सामना गर्नुपरेको होला ? आँखा चिम्लिएर सोच त । तिम्रो ध्यान र जपनमा पनि मेरै नियास्रोको हालीमुहाली पक्का छ । अब हाम्रो नियास्रोलाई भेटघाटमा बदल्नुपर्छ । न कुनै शब्दकोश, न कुनै कविको कविता, न परिभाषा; कुनैले पनि मेरो तिमीप्रतिको अनुभूतिलाई वास्तविक रूपमा प्रस्ट्याउन सक्दैनन् । जसरी सूर्यले पृथ्वीको परिक्रमा गर्छ, म त्यसैगरी तिम्रो वरिपरि फन्को मारिरहेकी हुन्छु ।

मेरो अकबरी सुन ! ‘प्रेमभित्र काव्य हुन्छ, दर्शन हुन्छ, सङ्गीत हुन्छ । प्रत्येक बाजागाजामा बजिरहेको वेदनाको कैरन हुन्छ ।’ यसै भन्थे मान्छेहरू । अहिले अनुभव भइरहेको छ । म प्रेम सुन्छु, प्रेम हेर्छु, प्रेममा सुत्छु र प्रेम पिउँछु । प्रेमको पछ्यौरी ओढेर जीवन बिताइदिन्छु । पागल ठान या नठान मलाई, म यस्तै छु । किन, थाहा छ ? प्रेमबाट बाहिर निस्कनेबित्तिकै मलाई गाह्रो हुन्छ । म प्रेम अक्सिजनको अभावमा परिहाल्छु । सोच त तिम्रो प्रेम नपाएको अवस्थामा मलाई कस्तो हुन्छ होला ? यो प्रतीक्षाको हरेक पलपल युगजस्तो लाग्छ । आफ्नो मनलाई जबरजस्ती नियन्त्रण गर्ने प्रयास गर्छु । प्रयास प्रयासमात्र रहन्छ । सोचाइ नियन्त्रणविहीन बहन्छ । तर पनि यो अग्निपरिक्षाको म दृढतापूर्वक सामना गरिरहेछु ।

ए स्मरण ! तिम्रो निकटता प्राप्त गर्नका लागि आकुल छु म । तिम्रो जुनाफमा याद चढाउनको लागि व्याकुल छु म । त्यो सरलता, सदाशयता र सौम्यतालाई नमन गर्छु । समग्रमा तिम्रो अनुपस्थितिमा म बेहाल जिन्दगी बाँचिरहेछु । मेरो श्रद्धाको परिचायक ! प्रेमको भयानक रोगको खतरामा छु म । आफ्नो सम्पूर्ण अस्तित्वलाई तिम्रो सम्झनाको हवनकुण्डमा होमिरहेछु । यो जञ्जालमा दिल सुल्झाउन मुस्किल छ । तिमीलाई लेख्ने पत्र एउटामात्र विकल्प हो मेरो लागि । हवाईमार्ग, जलमार्ग, स्थलमार्ग अनि मनमार्गद्वारा यो भौंतारिएकी प्रेमिकाले बारम्बार सन्देश पठाउँदै छु, पढ है । जीवन धारावाहिक हो । तिमी छुटाउनै नहुने शृङ्खला हौ । यसका खण्डखण्ड तिमीद्वारा निर्मित छन् । यिनीहरुलाई अखण्डीकृत बनाएर तिमीमा सदा सर्वदा गुमनाम हुन चाहन्छु ।

मेरो अकबरी सुन ! ‘प्रेमभित्र काव्य हुन्छ, दर्शन हुन्छ, सङ्गीत हुन्छ । प्रत्येक बाजागाजामा बजिरहेको वेदनाको कैरन हुन्छ ।’ यसै भन्थे मान्छेहरू । अहिले अनुभव भइरहेको छ । म प्रेम सुन्छु, प्रेम हेर्छु, प्रेममा सुत्छु र प्रेम पिउँछु । प्रेमको पछ्यौरी ओढेर जीवन बिताइदिन्छु । पागल ठान या नठान मलाई, म यस्तै छु । किन, थाहा छ ? प्रेमबाट बाहिर निस्कनेबित्तिकै मलाई गाह्रो हुन्छ । म प्रेम अक्सिजनको अभावमा परिहाल्छु । सोच त तिम्रो प्रेम नपाएको अवस्थामा मलाई कस्तो हुन्छ होला ?

मेरो सिम्रिक ! यो प्रेमधारामा बहेको मन तिमीसँगै बिताएको समयमा भावोच्छलनले ओतप्रोत भएर छचल्किन्छ । म घल्चा र घडा भई प्रेम भरिरहन्छु । तर यसलाई कतै पनि सीमित राख्न नसकिने रहेछ । किनकि यसको न कुनै आयतन छ न कुनै परिधि र न कुनै आयातन छ न कुनै लालकिल्ला । हाम्रो भेटघाट भएको बेला तिमीले जिज्ञासा राखेका थियौ, ‘प्रेमी, पागल र कवि उस्तै हुन् भनिन्छ । किन होला मेरी प्राणेश्वरी ?’

म केहीबेर सोचाइको संसारमा हराएर बोलेँ, ‘सपना एउटै भएर । यी सबै सपनाका हिमायती हुन् । सपना देख्नु जीवनको सबैभन्दा सुमधुर पक्ष हो । यिनीहरू कल्पनाका प्रणेता हुन् । हाम्रो बारेमा सोचौं न । प्रेमको जपनमा अगाध विलिन भएका छौं । हामीलाई प्रेमले पागल र कवि दुवै बनाइदियो ।’

तिमी मेरो बयान सुनेर प्रफुल्लित भयौ । मेरो ओठमा चुम्बन गर्दै भन्यौ, ‘मेरी दार्शनिक !’ म पनि सन्तुष्ट भावमा बोले, ‘मेरो दिव्यदर्शन ! प्रेमले नै हामीलाई दर्शन सिकायो । बाँच्ने बहाना खोजिदियो । हाम्रो अस्मिताको बिँड जोड्ने लाहा बनिदियो । नत्र भने हामी नैराश्यमा रुमल्इिरहने थियौं । जीवन बाँझो हुने थियो ।’
००० प्रकाशोन्मुख कृति ‘प्रियदर्शन’बाट