छेकेर द्वार प्रितिको प्रिति के छ लाउँ
देखेर आहत भएँ म कता हराउँ
झन्कार दिन्छ दिल रुन्छ जमेर छाती ।
आँशू सकिन्छ मन खिन्न भएछ साथी ॥१
मागेर आँत न भरें न धनी भनाएँ ।
गाँजेर च्याप्प अरुको न गला समाएँ॥
हाँसेर दुस्ख जनका न त्यसै उडाएँ ।
आफै सकेर दुनिया रमिता बनाएँ ॥२
देखेर फूल न टिपें न खुसी मनाएँ।
काँढा गढेर म दुखें न कतै बिझाएँ ॥
आँशू पिएर अमिलो मन यो बुझाएँ ।
पोखेर भाव दिलका हलुका गराएँ॥३
दागेर दन्त न किटें नत अन्त धाएँ ।
पालेर सर्प विषका न कतै डसाएँ॥
बोलेर प्याच्च न भनें न ठुले भनाएँ ।
खोलेर भित्र मनले मन त्यो मिलाएँ॥४
-अमेरिका
प्रतिक्रिया