अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टीको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको हो । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने तामाङले बताउनु भयो ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताउनुभयो ।

केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने उहाँले बताउनु भयो । एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।