अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 जनताको बहुदलीय जनवाद मानेर नेकपा (एस) अघि बढ्छ : नेपाल

 जनताको बहुदलीय जनवाद मानेर नेकपा (एस) अघि बढ्छ : नेपाल


काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताउनु भयो । अध्यक्ष नेपालले ‘जनताको बहुदलीय जनवाद’को मूल्य, मान्यतालाई रक्षा गर्दै पार्टी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताउनु भयो ।

अध्यक्ष नेपाल भन्नुहुन्छ- ‘जनताको बहुदलीय जनवादलाई आत्मासात गरेर अघि बढ्न चाहन्छौं । त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं ।’

नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने काम अघि बढाउने बताउनु भयो ।

अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछापालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नु पर्नेमा पनि जोड दिनु भएको छ ।