अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिग्रिएको मै हो, अब म सच्चिन्छु : प्रचण्ड

बिग्रिएको मै हो, अब म सच्चिन्छु : प्रचण्ड


काठमाडौं– माओवादीसँग जनता निराश भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।

काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बताउनु भयो ।

‘पहिला–पहिला मेला र खेतीमा सघाउन आउँथे तर अहिले माओवादी कहाँ गए भनेर जनता निराश भएको  प्रचण्डले बताउनु भयो, ‘गाउँ–गाउँमा बस्ने बस्ने कार्यकर्ता बिग्रिएका छैनन् । जसलाई धेरै माया गरेर मन्त्री बनायो, त्यही सबैभन्दा भगौडा भएर निस्किए । नेताहरु साह्रै बिग्रिए।’

‘टोपबहादुर रायमाझीलाई मैले कति चोटी मन्त्री बनाएँ’ उहाँले भन्नुभयो, ‘रामबहादुर थापा ‘बादल’लाई कहाँको मान्छेलाई ल्याएर मैले सरकारको नेतृत्व गर्न गृहमन्त्री बनाएँ ।  तर आज सम्झिँदा पनि एलर्जी हुन्छ।’

अध्यक्ष प्रचण्डले आफैं पनि बिग्रिएकाले अब सुध्रिएर समाजवादी क्रान्तिमा हामा फाल्ने बताउनु भयो । बिग्रिएको मै हो, म सच्चिन्छु, अरु को-को सच्चिने/नसच्चिने तयार हुनुस्’, उहाँले भन्नुभयो, ‘अरुलाई भन्दा पहिले आफैंलाई सुधार्छु।’