अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवकुमार नेपालको पार्टीले पदाधिकारीसमेत पाएन : ओली

माधवकुमार नेपालको पार्टीले पदाधिकारीसमेत पाएन : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताउनु भएको छ ।

उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गर्नु भयो ।

‘हामी कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति गर्दैनौं भन्दै स्पष्ट पार्नु भएको छ । पार्टी निकट कर्मचारी संगठनको कार्यालय विवादलाई उल्लेख गर्दै उहाँले भन्नु भयो, ‘प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा सरकारले प्रयोग गरिरहेको छ । वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई-चार मान्छे आएर विवाद गरेका छन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन् ? अर्काको कार्यालय कब्जा गर्न आउने ?’

‘काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे ?’ उहाँको सत्तारुढ गठबन्धनको मानवीय मन समेत नरहेको बताउनु भयो । ‘अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’