अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ


काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा भइरहेको अवरोध हटाउन प्रधानमन्त्रीलाई रुलिङ गर्नु भएको छ । उहाँले संसदको रोष्टमबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई रुलिङ गर्दै बैठकलाई सहज रुपमा अघि बढाउने वातावरण सिर्जना गर्न आग्रह गर्नु भएको हो ।

बिहीबार एमालेको विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरेका उहाँले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन प्रतिपक्षी दललाई पनि आग्रह गर्नु भएको छ । सभाको बैठकमा एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध प्रकट गरेका थिए ।

राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समस्याको समाधान गर्न अनुरोध गर्नुभएको छ ।

बैठकको सुरुमा एमाले सांसद कोमल वलीले संसद चल्न नसक्ने बताउनुभपछि उहाँले भन्नु भयो– ‘माननीय सदस्यहरु यहाँहरूले आफ्नो कुरा राखिराख्नुभएको छ । राष्ट्रले र सबैले यो सुनेको पनि छ, वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसदलाई नियमित चल्न दिनु नै उपयुक्त हुन्छ ।’

राष्ट्रियसभाको आजको बैठकले एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको छ । यता प्रतिनिधिसभाको बैठकमा पनि एमालेको नाराबाजीका बीच दुई आर्थिक विधेयक पारित भएका छन् ।