अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिबाट ‘विनियोजन विधेयक-२०७८’ प्रमाणीकरण

राष्ट्रपतिबाट ‘विनियोजन विधेयक-२०७८’ प्रमाणीकरण


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसदहरूको निरन्तरको नारावाजी र अवरोधकाबीच सरकारले विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।

गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नु भएको थियो । उहाँले आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।