अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी दुर्घटनामा कुवेतमा एक नेपाली युवाको मृत्यु

सवारी दुर्घटनामा कुवेतमा एक नेपाली युवाको मृत्यु


कुवेत- सवारी दुर्घटनामा कुवेतमा एक नेपाली युवाको मृत्यु भएको छ ।

विगत दुई वर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत रहेका रसुवाका किप्पा नेकोर तामाङको घटनास्थलमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

सोमबार कम्पनीको काम सकेर कोठामा पुगेका उनी किनमेल गर्न गएका बेला फर्किदा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।

मृतक तामाङको शव कम्पनीसँग समन्वय गरी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ ।

तामाङका श्रीमती र एक तीन वर्षीया छोरी छिन् ।