अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट !

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट !


काठमाडौं- गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

त्यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो । क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’