अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमि आयोग खारेज विरुद्धकाे रिटमा आज सुनुवाइ हुँदै

भूमि आयोग खारेज विरुद्धकाे रिटमा आज सुनुवाइ हुँदै


काठमाडौं- भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा साे रिटमाथि सुनुवाइ हुन लागेकाे हाे । आयाेग ब्युँताउन माग गर्दै विघठित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले सर्वाेच्चमा रिट दायर गर्नुभएकाे थियाे ।

यसअघि सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई विपक्षी बनाइएकाे छ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।

सरकारले गत १९ साउनमा आयोग विघटन गर्ने निर्णय गरेको थियो । केपी ओली नेतृत्वकाे सरकारले गठन गरेकाे आयाेग खारेज गरेर शेरबहादुर देउवा नेतृत्वकाे सरकारले भदाै २९ गते ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेकाे छ ।