अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशौं राष्ट्रिय महाधिवेशनलाई एकताबद्ध र मर्यादित बनाउन अध्यक्ष ओलीको अनुरोध

दशौं राष्ट्रिय महाधिवेशनलाई एकताबद्ध र मर्यादित बनाउन अध्यक्ष ओलीको अनुरोध


काठमाडौं – नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ । अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनु पर्ने बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादित रुपमा सम्पन्न गर्नुपर्नेछ । हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्याहरु छन् । समस्याको सामाधान गर्नुपर्छ । आगामी मङ्सिरमा हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ ।” बैठकमा पार्टीका केन्द्रीय निकायमा प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ ।