अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन प्रस्तावमा छलफल गर्न एमालेले बनायो दश समिति

तीन प्रस्तावमा छलफल गर्न एमालेले बनायो दश समिति


काठमाडौं – नेकपा (एमाले)ले आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल गर्न समूह बनाएको छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव छलफल गर्न समिति बनाइएको हो ।

सात प्रदेश र जनवर्गीय संगठन गरी १० वटा समूह बनाइएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिनु भयो ।  तुल्सीलाल प्रतिष्ठानमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गर्नु भएको थियो । त्यस्तै महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नु भएको थियो ।

त्यसलगतै ती प्रस्ताव र प्रतिवेदनमा समूहगत छलफलका लागि १० वटा समूह बनाइएको थियो । भोलि शनिबार बिहान ११ बजे पुनः बैठक बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिने छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।