अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३० लाख पार्टी सदस्य बनाउने माओवादीको हास्यास्पद निर्णय

३० लाख पार्टी सदस्य बनाउने माओवादीको हास्यास्पद निर्णय


काठमाडौं- २०७४ को संघीय सांसदमा समानुापतिक निर्वाचनमा जम्मा १३ लाख मत पाएको माओवादीले एकवर्ष भित्र ३० लाख पार्टी सदस्य पु¥याउने हास्यास्पद निर्णय गरेको छ । हिजोको स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले कति जना पार्टी सदस्य छन् र एक बर्षभित्र ३० लाख पुर्‍याउने भन्ने कुनै लेखाजोखा माओवादीसँग छैन । एमालेसँग एकता भएका बेला पार्टी सदस्यको विवरण अद्यावधिक गरौं भन्दा माओवादीले सधैं लफडा मात्र गरिरहन्थ्यो । जसको कारण थियो उ सँग कुनै सदस्यताको कुनै विवरण नै थिएन ।

कुनै बेला ३ लाख सदस्य रहेको दाबी गर्ने माओवादीले त्यसको प्रमाण कहिल्यै जुटाउन सकेको थिएन । एमालेसँग एकता भएर नेकपा भएका बेला सदस्यताको विषय आएपछि तत्कालिन अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष प्रचण्ड सधैं झमेला गर्नुहुन्थ्यो । ‘जसरी पनि पार्टी सदस्यता अद्यावधिकको विषय अगाडि बढ्ने भएपछि मतदाता नै हाम्रा पार्टी सदस्य भनेर माओवादीले तर्क अघि सार्‍यो,’ नेकपाकालिन एक नेता भन्छन्, ‘ल त्यो पनि मानियो । केही त प्रमाण ल्याउनुहोस् भनेपछि फेरी लफडा भइहाल्थ्यो ।’

एक वर्ष भित्र ३० लाख सदस्य पुर्‍याउने भनेर माओवादी अध्यक्ष प्रचण्डले भनेको सुन्दा धेरैले ‘खुट्टी हेरेर पत्याइयो ’ भनेका छन् । अहिले कै चालचलन,प्रचण्डकै शब्दमा पद र पैसामा मात्र लिप्त नेता कार्यकर्ता भएको अवस्थामा माओवादीमा कुनै आकर्षणा छैन । ‘३० लाख सदस्य पुर्‍याउने कुरा त हास्यास्पद मात्र हो अनीहरुले उहिले भन्ने गरेका ३ लाख सदस्य पनि कता पुगेर अहिले कति बाँकी छन् भन्ने कुनै दशी प्रमाण नराखेकाहरुको यो रमाइलो चिया गफ मात्र हो,’ एक पूर्व माओवादीका नेताले भने ।