काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट शुरू भएको बैठक आज पनि बस्न लागेको हो ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधनको प्रस्ताव बैठकमा पेस गर्नुभएको थियो । सो प्रस्तावमाथि छलफल गर्नका निम्ति हिजो शुक्रबारबाटै केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर छलफल गर्न थालिएको छ ।
७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ ।
आज पनि बिहान ११ बजेदेखि समूहगत छलफल हुने छ । त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिनेछ ।
एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन गर्दै छ ।
प्रतिक्रिया