अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले समूहगत बैठक जारी, टोली नेता छानियो

एमाले समूहगत बैठक जारी, टोली नेता छानियो


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।

एमालेका १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा समूह विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइएको हो ।

सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाएर विधान मस्यौदा, राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल भएको हो ।

समूहगत छलफलका निष्कर्ष बारे एक जना टोली नेताले बैठकमा प्रस्तुत गराउनु हुनेछ । प्रदेश-१ बाट हिक्मत कार्की, प्रदेश-२ बाट रामचन्द्र मण्डल, वागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर रानाले आ-आफ्नो समूहको निष्कर्ष पेश गर्नुहुनेछ ।

त्यसैगरी कर्णाली प्रदेशबाट यमलाल कडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाउनु हुनेछ ।

सुझावका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्नेछ । समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनु हुनेछ ।