अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले समूहगत बैठक सकियो

एमाले समूहगत बैठक सकियो


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ ।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राख्नु भएको थियो । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेशका आधारमा समूह बनाइएको छ । प्रदेश-१ बाट हिक्मत कार्की, प्रदेश-२ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता हुनुहुन्छ ।