अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डपथ छाडेदेखि माओवादीमा विघटन शुरु भयो : जनार्दन शर्मा

प्रचण्डपथ छाडेदेखि माओवादीमा विघटन शुरु भयो : जनार्दन शर्मा


काठमाडौं – अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन शुरु भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विचारको केन्द्रीकरणको महत्व अहिले आएर आफूहरुले बुझेको समेत बताउनु भएको छ ।

‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन शुरु भयो,’ शर्माले भन्नुभयो, ‘गुटबन्दी शुरु भयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’

शर्मा भन्नुहुन्छ— ‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं । प्रचण्डपथ निर्माण गरेका थियौं । प्रचण्डपथ भन्दा प्रचण्डको नाम जोडिएको थियो । नाम जोडिएको कुरा मात्रै होइन । नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो ।’

शर्माले थप्नुभयो, ‘हामीले उत्पीडित जनताको भवना, पछाडि परेका सबैको भावना जोडेर सामान्तवादका विरुद्ध प्रष्ट रुपमा प्रहार गरेर अघि बढेका थियौं ।’