अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा केन्द्रीय सदस्यहरुको सुझाव : सात प्रदेशमा सातजना उपाधक्ष्यको व्यवस्था गरौं

एमालेमा केन्द्रीय सदस्यहरुको सुझाव : सात प्रदेशमा सातजना उपाधक्ष्यको व्यवस्था गरौं


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्यहरुले कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नहुने सुझाव दिएका छन् ।
विधान महाधिवेशनमा प्रस्तुत हुने विधानमा समुहगत छलफलमा भाग लिंदै केन्द्रीय सदस्यहरुले प्रदेशगत रुपमा उपाधक्ष्यको व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।
सातवटा प्रदेशममा सात उपाधक्ष्यको व्यवस्था गरेर जानु ठिक हुन्छ । प्रदेशको इन्चार्जको रुपमा सचिव भन्दा उपाधक्ष्य नै उपयुक्त हुने सुझाव प्राय सबैका आएको केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो । उपाधक्ष्यको हकमा अहिले भएकै व्यवस्थालाई निरन्तरता दिऔं भनेर सबै समुहबाट सुझाव आएको दाहालले बताउनुभयो ।