अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख स्वार्थमा चल्दा संसद अवरोधः तुम्बाहाङ्फे

सभामुख स्वार्थमा चल्दा संसद अवरोधः तुम्बाहाङ्फे


सुनसरी– नेकपा एमालेकी केन्द्रीय सदस्य पूर्व मन्त्री शिवमाया तुम्वाहाङफेले भोलि पनि संसदको अवरोध जारी राख्ने बताउनुभएको छ ।

सुनसरीको झुम्कामा अनेमसंघ सुनसरीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले नेकपा एमालेका दुई वटा माग पूरा नभएसम्म संसद अवरोध जारी राख्ने वताउनुभयो । उहाँले सभामुख गठवन्धन सरकारको स्वार्थ अनुसार चलेको वताउनुभयो । उहाँले अघिल्लो सरकारले सुरु गरेका सडक निर्माणका योजना अहिलेको सरकारले रोकेर जनविरोधी कार्य गरेको आरोप लगाउनुभयो ।

सभालाई अनेमसंघ केन्द्रीय सचिव मेनुका काफले, केन्द्रीय सदस्य लक्ष्मी गौतम, कुन्ता शर्मा, नेकपा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी, राष्टिय परिषद सदस्य मुरारी सुवेदी, अनेमसंघ सुनसरी अध्यक्ष मञ्जु भण्डारी, पुष्कर कार्की, शंकरलाल चौधरी लगायतले सम्बोधन गर्नुभयो ।

सभामा बोल्ने वक्ताहरुले सुनसरी जिल्लामा पार्टी विभाजनको असर नरहेको वताउदै लालकिल्ला बनाउने दावी गरेका छन् ।