जनकपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।
आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
मुख्यमन्त्री राउतले प्रदेश-२ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउनु भएको थियो । सो अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो ।
साइकल खरिदमा अनियमितता भएको उजुरीपरेपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ । साइकल खरिद गर्दा गरिएका कागजपत्र र बिल अख्तियारको नियन्त्रणमा लिइएको छ ।







प्रतिक्रिया