अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु


रुपन्देही- रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

परियार उपचारको क्रममा नै भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । गत हप्ता पनि बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको थियो ।