अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली


काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

टिमुरे, रसुवामा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित नेपाल प्रहरीका उच्च अधिकारी तथा प्रहरी कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीका क्रममा कर्तव्य पालनामा खटिएका खड्काको मृत्यु भएको थियो। उहाँको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रहरीका विभिन्न दर्जाका अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। खड्काको निधनले नेपाल प्रहरी परिवारमा अपूरणीय क्षति पुगेको प्रहरी अधिकारीहरूले बताएका छन्।