बाजुरा- बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मंगलबार राति नेपाली कांग्रेसको सम्पन्न मतदानपश्चात मतदानस्थल रहेको जिल्ला समन्वय समिति अगाडि झडप भएको हो।
कांग्रेस कार्यकर्ताहरू मतगणना स्थलमा जान लाग्दा प्रहरीले रोक्न खोज्दा मंगलबार राति झडप भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र कांग्रेस कार्यकर्ताबीचको झडपमा केही घाइतेसमेत भएका थिए । झडपको स्थित बनेपछि मंगलबार रातिदेखि सुरु हुने भनिएको मतगणना सुरु हुन सकेको छैन ।
मंगलबार बेलुकी ६ बजे मतदान सकिएपश्चात राति ११ बजे देखि मतगणना सुरु हुने भनिए तापनि निर्वाचन समितिको बैठक बस्ने सल्लाह हुँदै गर्दा विवाद चुलिएको थियो।






प्रतिक्रिया