अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाहिरिन थाल्यो मनसुन, केही दिनमै पूर्ण हट्ने

बाहिरिन थाल्यो मनसुन, केही दिनमै पूर्ण हट्ने


काठमाडौँ – यो वर्षको मनसुन औसतभन्दा केही ढिला गरी नेपालबाट बाहिरिने क्रम सुरु भएको छ।

औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ। तर, यो वर्ष अहिलेसम्म मनसुन पूर्ण रुपमा बाहिरिएको छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ।

महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भए तापनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडि सरेको छ। शुक्रबारका दिन यस वर्षको मनसुन नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको छ।’

आगामी केही दिनमा देशका बाँकी भूभागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको मौसमविद्ले जानकारी दिएका छन्।