दैलेख– दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना ६ ख ९२२ नम्बरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका १ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा अछाम पञ्चदेवल नगरपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाहीको मृत्यु भएको हो ।
तल्लोडुङ्गेश्वर प्रहरी चौकीको टोलीले दुर्घटनामा घाइते भएका ९ जनालाई गएराति नै स्थानीय मेडिकलमा उपचार गराएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले बताउनुभयो ।







प्रतिक्रिया