झापा- व्यवसायी दुर्गा प्रसाईंले झापाको एक मुस्लिम विद्यालय (मदरशा)का लागि जग्गा किनिदिने घोषणा गर्नुभएको छ ।
पाथीभरा मन्दिरमा पूजा गरेल फर्किएलगत्तै प्रसाईंले बिर्तामोड ३ मा रहेको तालिमुल मदरसालाई जग्गा सहित भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो ।
मदरसा स्कुलले डाक्टर इन्जिनियर उत्पादन गरे उनीहरु पढ्ने भवनसमेत बनाइदिने प्रसाईंको भनाइ छ । मुस्लिम बालबालिका अध्ययनरत मदरसाले निर्माण गर्न लागेको जग्गामा २५ लाख मूल्य बराबरको १ कठ्ठा र आफ्ना पितृको नाममा एउटा भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो ।








प्रतिक्रिया