अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका क्षेत्रीय प्रतिनिधिको घाँटी रेटी हत्या

कांग्रेसका क्षेत्रीय प्रतिनिधिको घाँटी रेटी हत्या


रोल्पा- रोल्पामा नेपाली कांग्रेसका स्थानीय नेताको घाँटी रेटेर हत्या भएको छ ।

कांग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत रहनुभएका रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा सोमबार राति घाटी काटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै रहेका बुढाको मंगलबार बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अनुसन्धान गरेको छ ।