अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगु दुर्घटनामा एमालेको ध्यानाकर्षण, घाइतेको नि:शुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्तिको माग

मुगु दुर्घटनामा एमालेको ध्यानाकर्षण, घाइतेको नि:शुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्तिको माग


सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशसभा दलले मुगु दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेको छ ।

संसदीय दलका नेता यामलाल कँडेलले आज एक विज्ञप्ती जारी गरेर उक्त माग गर्नुभएको हो । कर्णाली राजमार्गमा दुर्घटना बढ्नुमा विभिन्न कारण रहेको उल्लेख गर्दै कँडेलले तीन तहका सरकारले राजमार्गको स्तरोन्नतीका लागि पहल गर्नुपर्ने बताउनुभएको छ ।

‘कर्णाली राजमार्गको दुरावस्था, पुराना सवारी साधनको प्रयोग, चाडपर्वका अवसरमा क्षमता भन्दा बढी बढी यात्रुको ओसारपसार सवारी दुर्घटनाका प्रमुख कारण हुन्,’ कँडेलले विज्ञप्तीमा भन्नुभएको छ, ‘यस प्रकारका घटनाको न्यूनिकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको विशेष ध्यान पुर्‍याउन आग्रह गर्दर्छौं ।’

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मंगलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।