काठमाडौं– अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने हल्ला फेरि सतहमा आएको छ ।
करिश्माले मंगलबार एक घण्टाको बीचमा दुई स्टाटस राख्दै एमाले प्रवेशको संकेत गर्नुभएको छ । अध्यक्ष ओलीले गर्नुभएको फोनको स्क्रिन सट शेयर गर्दै उहाँले लेख्नुभएको छ, ‘बा यत्तिकै भएको होइन रहेछ ।’ उहाँलाई अध्यक्ष ओलीले करिश्माको कक्षा १२ को परीक्षाको क्रममा फोन गर्नुभएको थियो ।
अभिनेत्री मानन्धरले लगत्तै अर्को स्टाटस लेख्नुभएको छ, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहाना गर्नु राम्रो संस्कार हो ! यो हाँस्ने कुरा होइन । उहाँलाई अवश्य भेट्नेछु ।’
मानन्धरले बाबुराम भट्टराईको नयाँ शक्तिबाट राजनीतिक यात्रा सुरु गर्नुभए पनि अहिले निष्क्रिय हुनुहुन्छ ।







प्रतिक्रिया