अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसममा सुधार देखिएन, आज पनि पूर्वी भेगमा वर्षा

मौसममा सुधार देखिएन, आज पनि पूर्वी भेगमा वर्षा


काठमाडौं– केही दिनदेखि जारी वर्षामा कुनै सुधार देखिएको छैन ।

शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ ।

आज बुधबार प्रदेश प्रदेश १, २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरू र अन्य प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।

भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।