अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना


काठमाडौं- हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।