अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा आज थप १४५ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज थप १४५ जनामा कोरोना पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा आज थप १४५ जना संक्रमित थपिएका छन् । उपत्यकामा १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका छन् । उपत्यकामा हाल १५६५ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ५३६, भक्तपुरमा ४७६ र ललितपुरमा ५५३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९१४९ जनामा परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । ६ हजार ५०५ जनाको पिसिआर र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गरेको थियो । योसँगै नेपालमा अहिले ७ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।

१७० जना संक्रमित मंगलबार निको भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।