अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखिँदै ६ सय वर्षयताकै लामो चन्द्रग्रहण, अब पाँच सय वर्षपछि मात्र लाग्ने

आज देखिँदै ६ सय वर्षयताकै लामो चन्द्रग्रहण, अब पाँच सय वर्षपछि मात्र लाग्ने


चन्द्रग्रहण वा सूर्यग्रहण दुवैलाई लिएर आम मान्छेमा कौतुहलता सधैँ रहने गर्छ । किनकि, यसकाे धार्मिक र वैज्ञानिक अर्थ र महत्त्व हुन्छ । यस्तै काैतुहलतामाझ आज करिब ६ सय वर्षपछि लामाे अवधिकाे चन्द्रग्रहण लाग्दै छ, जुन यो वर्षको अन्तिम चन्द्रग्रहण पनि हुने छ ।

नासाका अनुसार यो आंशिक चन्द्रग्रहण हुने छ । आज देखिने चन्द्र र धरतीबीचको दूरीका कारण यो ग्रहण लामो अवधिसम्म रहने छ । यो आंशिक चन्द्रग्रहणको अवधि तीन घण्टा २८ मिनेट २४ सेकेन्डको हुने नासाले जनाएकाे छ । चन्द्र ग्रहण एक हल्का रेखाको रूपमा देखिन सक्छ ।

यसअघि यति लामो चन्द्रग्रहण १८ फ्रेब्रुअरी १४४० मा लागेको थियो । यसको अर्थ, यति लामो अवधिको यो आंशिक चन्द्रग्रहण ५ सय ८० वर्षपछि देखिन लागेको हो । यस्तै लामो अवधिको चन्द्रग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्रै देख्न पाइने छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिनेछ ।

चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

धार्मिक मान्यताअनुसार आंशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनि मान्य हुँदैन । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ । खगोल विज्ञानका अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्ने गर्छ ।

धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्रग्रहण लाग्ने गर्छ । तर, विज्ञानले सूर्य र चन्द्रमाको बीचमा पृथ्वी परेका बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न नपाउने अनि पृथ्वीको छाया पर्ने बताउँछ । (