अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८ हजार ९७२ नमूना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४९४ पुगेको छ।

अहिले देशभरिमा ७,५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,०६० जना होम आइसोलेसनमा र ४७९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी २३१ जनाको आईसियुमा उपचार भइरहँदा ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।