काठमाडौं – पूर्व मुख्यसचिव एकनारायण अर्याल अनुसन्धान गर्न अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई चार दिन समय दिएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार उनीमाथि चार दिन म्याद थप भएको हो।
उनलाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सीआईबीले पक्राउ गरेको हो। नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।
उनीमाथि ठगी गरी सङ्कलन गरिएको रकममध्ये ८ करोड ३० लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया