अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज थप २४२ जनामा कोरोना पुष्टि

आज थप २४२ जनामा कोरोना पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार शनिवार २४२ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ४ हजार १४५ जनाको पिसिआर परीक्षण र २९९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ३०३ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ।

४४४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

Skip This