अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, ३८५ संक्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, ३८५ संक्रमित थपिए


काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमूना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।