अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन

एमालेका १०६ जना महाधिवेशन प्रतिनिधि मनोनीतः सोमनाथ प्यासीदेखि दुर्गा प्रसाईंसम्म (सबैको सूचीसहित)

एमालेका १०६ जना महाधिवेशन प्रतिनिधि मनोनीतः सोमनाथ प्यासीदेखि दुर्गा प्रसाईंसम्म (सबैको सूचीसहित)


काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ सय ६ जना प्रतिनिधि मनोनित भएका छन् ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश नं १ का पूर्व प्रमुख सोमनाथ प्यासी सहित १ सय ६ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो । नेपाली बहस डट कमलाई प्राप्त सूची अनुसार पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, गोविन्द कलौनीदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईं, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबे, पूर्व उपाध्यक्ष गोविन्द थापा, हालै नेकपा एमाले प्रवेश गरेका नेपालगञ्जका पशुपति दयाल मिश्र लगायत हुनुुहन्छ ।

यसैगरी धरान नगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी लगायत हुनुहुन्छ । एमालेले मनोनीत गर्दा पनि ३३ प्रतिशत आरक्षण सुनिश्चित गरेको छ ।