अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना

एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना


चितवन – एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गर्नुभएको छ ।

महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने दाबी गर्नुभएको हो ।

तयारीबारे यसो भन्नुहुन्छ भट्टराई 

  • उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन । यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो ।
  • नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।
  • चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ।
  • बन्दसत्रको हल तयार भयो ।
  • महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने छ ।
  • नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन्।
  • चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ ।
  • उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।
  • महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
  • चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ।
  • महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।
  • भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।
  • महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् ।
  • एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।
  • कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।
  • महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।
  • १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।
  • शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
  • मंसिर ११ गते बिहान ८।३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।
  • बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् ।
  • ११ मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ ।
  • सोही दिन साँझ ६।३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।