अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौराहामा केन्द्रीय कमिटी बैठक बस्दै, नेताहरु फर्कन ढिला हुँदा ९ बजे पनि बैठक सुरु हुन मुस्किल

सौराहामा केन्द्रीय कमिटी बैठक बस्दै, नेताहरु फर्कन ढिला हुँदा ९ बजे पनि बैठक सुरु हुन मुस्किल


चितवन– नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज राति बस्दैछ ।

महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ सात बजे सौराहाको होटल जंगल क्राउनमा बैठक आयोजना गरिएको एमाले प्रचा विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । नेताहरु फर्कन ढिला हुँदा ९ बजे पनि बैठक सुरु हुन मुस्किल देखिएको छ ।

सवारी जामका कारण नारायणगढस्थित उदघाटन सत्रबाट सौराहा फर्कन समस्या भएको छ ।

केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् । नेताहरुले केन्द्रीय कमिटीको आकार बढाएर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने लबिइङ एमालेमा तीव्र छ ।

गते असोज १५–१७ मा भएको विधान महाधिवेशनबाट संशोधित एमालेको विधानअनुसार केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ छ । विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी रहने छन् । पदाधिकारी संख्या २३ सम्म बनाउने र केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउनेबारे छलफल सुरु भएको छ ।