अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रस्ताव– चार पदाधिकारी थप्ने, केन्द्रीय कमिटीको आकार बढाउँदै पोलिटब्यूरो पनि राख्ने

अध्यक्ष ओलीको प्रस्ताव– चार पदाधिकारी थप्ने, केन्द्रीय कमिटीको आकार बढाउँदै पोलिटब्यूरो पनि राख्ने


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या १९ बनाउने प्रस्ताव गर्नुभएको छ ।

सौराहामा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ बनाउने प्रस्ताव गर्नुभएको हो । उहाँले दुई उपाध्यक्ष र दुई उपमहासचिव थप गर्ने प्रस्ताव गर्नुभएको छ । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव छन् ।

नयाँ प्रस्तावअनुसार अब वरिष्ठसहित ७ उपाध्यक्ष हुनेछन् भने उपमहासचिव तीन जना हुनेछन् ।

बैठकमा ओलीले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ बनाउने र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने प्रस्ताव गर्नुभएको छ ।

केन्द्रीय कमिटीले निर्णय गरे विधान संशोधनका लागि बन्द सत्रमा पेस गरिनेछ ।

राति सवा १२ बजे पनि बैठक चलिरहेको छ ।

एमालेको नयाँ निर्णय
– केन्द्रीय कमिटी ३०१ सदस्यीय ।
– पोलिट्ब्युरो एक तिहाई सदस्यको बनाउने- ९९ सदस्यीय ।
– स्थायी ४५ यथावत् ।
– पदाधिकारी संख्या बढाउने- १९ सदस्यीय
– उपाध्यक्ष- ७
– उपमहासचिव- ३
– आयोगहरू- २५ सदस्यीय
– प्रदेश र जिल्लाको आधार संख्या- ७५