अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यरातमा एमाले केन्द्रीय कमिटीका चार निर्णयः केन्द्रीय कमिटी संख्या बढाइयो, पोलिटब्यूरो थप, उपाध्यक्ष र उपमहासचिव थपियो

मध्यरातमा एमाले केन्द्रीय कमिटीका चार निर्णयः केन्द्रीय कमिटी संख्या बढाइयो, पोलिटब्यूरो थप, उपाध्यक्ष र उपमहासचिव थपियो


काठमाडौं– नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको छ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ । अन्य पदको संख्या यथावत् राखिएको छ ।

एमालेल अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाएको छ ।

बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ । आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले जानकारी दिनुभयो ।