काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु हुँदैछ ।
बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान १० बजेदेखि सुरु हुने एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि नै बन्द सत्र गर्ने भनिए पनि केन्द्रीय कमिटी बैठकका कारण शुक्रबार राति अबेरसम्म नेताहरु व्यस्त रहेकाले दुई घण्टा पछि सारिएको हो ।
बन्द सत्रमा शुक्रबार राति केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय पदाधिकारी र सदस्य संख्या थप्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिँदैछ ।
निर्वाचन कार्यक्रम के छ ?
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको छ । बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया