अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिरा केसीको प्रतिक्रियाः संख्या थपियो ठीक भो, अब केन्द्रीय कमिटीमा नयाँको उपस्थिति बढाऔं

हिरा केसीको प्रतिक्रियाः संख्या थपियो ठीक भो, अब केन्द्रीय कमिटीमा नयाँको उपस्थिति बढाऔं


काठमाडौं– एमालेको दसौँ महाधिवेशनको नेतृत्वमा ४० प्रतिशत युवा प्रतिनिधित्व गराउने अभियान नेतृत्व गर्नुभएको गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हिरा केसीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णयको स्वागत गर्नुभएको छ ।

युवा संघ नेपालका पूर्वउपाध्यक्षसमेत रहनुभएका केसीले केन्द्रीय कमिटीको आकार बढाउने निर्णय आफूहरुको अभियानको परिणाम भएकोसमेत बताउनुभएको छ ।

केसीले केन्द्रीय कमिटीमा नयाँ नेताहरुको उपस्थिति बढाउन थप सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘केन्द्रीय कमिटीको आकार बढ्दा नयाँ अनुहार आउने सुनिश्चितता बढ्यो,’ उहाँले भन्नुभयो, ‘सर्वसम्मत् नेतृत्व चयन गर्दा त्यसलाई विशेष ध्यान दिनुपर्छ ।’

केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै केसीको नेतृत्वमा बहस भएको थियो । बहसमा सात वटै प्रदेशका युवा नेताहरु सहभागी छन् ।